राजदूतबाट शिष्टाचार विदाई

आज मिति २०७७ साल जेठ ३० गते, शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत महामहिम Mr. Park Youngsik ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा दक्षिण कोरिया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

वृक्षारोपण कार्यक्रम २०२०

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू विश्व वातावरण दिवस ५ जुन २०२० को अवसरमा राष्ट्रपति कार्यालय परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सरिक हुँदाका केहि झलकहरू

वृक्षारोपण कार्यक्रम २०२०

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू विश्व वातावरण दिवस ५ जुन २०२० को अवसरमा राष्ट्रपति कार्यालय परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सरिक हुँदाका केहि झलकहरू

विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल जेठ २० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ प्रमाण ऐन, २०३१  लाई संशोधन गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०७७ को शुभकामना सन्देश १३ औं गणतन्त्र दिवसको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका संघर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आमजनताको योगदानको उच्च प्रशंसा गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आव्हान गर्दछु । अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो वैठकले २०६५ साल जेठ १५ गते Read More …

कैद सजाय माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ (दुई सय तेत्तीस) जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव  साह कानूसमेतका ८ (आठ) जना व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी  भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (इदुल फित्र) पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (इदुल फित्र) पर्व, २०७७ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद (इदुल फित्र) पर्वलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशी साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने महसुस गरेको छु । साथै यस पर्वले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र Read More …