सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त अन्तर्राष्ट्रिय महिला दिवस, २०२० को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवस, २०२० को शुभकामना सन्देश ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता” भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । यस उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने महसुस गरेको छु । नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई Read More …

सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन २२ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री  श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. गणतन्त्र भारत H.E. Mr. Vinay Mohan Kwatra आवासीय 2. गणतन्त्र सिसेल्स H.E. Mr. Thomas Selby Pillay गैरआवासीय 3. मेक्सिको H.E. Mr. Federico Salas Lotfe गैरआवासीय (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीबाट पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । (हरि प्रसाद दहाल) प्रवक्ता

मन्त्री पदमा नियुक्त

आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा सुदूरपश्चिम प्रदेशको भ्रमण सम्पन्न

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २०७६ साल फागुन १४ देखि १७ गतेसम्म सुदूरपश्चिम प्रदेशका पाँचवटा जिल्लाहरू- कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको भ्रमण सम्पन्‍न गर्नुभएको छ । भ्रमणको सिलसिलामा उहाँले त्यस क्षेत्रका प्रमुख धार्मिक स्थलहरूको दर्शन, सांस्कृतिक र ऐतिहासिक केन्द्रहरूको अवलोकन गर्नुका साथै साहित्य, शिक्षा एवं पर्यटनसम्बन्धी विभिन्‍न कार्यक्रमहरूको उद्‍घाटन गर्नुभएको थियो । भ्रमणको पहिलो दिन फागुन १४ गते उहाँले सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा धनगढीमा आयोजित विश्व साहित्य सम्मेलनको उद्‍घाटन गर्नुभयो । आफ्नो उद्‍घाटन मन्तव्यको क्रममा उहाँले सुदूरपश्चिम प्रदेश कला, साहित्य र संस्कृतिका लागि उर्बर रहेको कुरा उल्लेख गर्नुहुँदै यस क्षेत्रका अग्रणीहरू पहलमान स्वाँर र जयपृथ्वीबहादुर सिंह जस्ता स्रष्टाहरूले नेपाली भाषा, Read More …