संघीय संसदको महासचिव पदमा नियुक्त

आज मिति २०७७ साल वैशाख २२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम साविक लामाचौर-५, कास्की जिल्ला निवासी डा. भरतराज गौतमलाई संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको  छ ।

 

(हरिप्रसाद दहाल)

प्रवक्ता