कार्यभार तोक्नु भएको

[vc_row][vc_column][vc_column_text]आज मिति २०७6 साल पुस 25 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधामन्त्रीज्यू स्वयंले सम्हाली आउनुभएकोमा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्ने गरी र सहरी विकास मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्हाल्ने गरी तोक्नु भएको छ ।

 

 

(हरि प्रसाद दाहाल)

प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3883″][/vc_column][/vc_row]