२५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

“हासिल गरौं दिगो विकासका १७ लक्ष्य M सुनिश्चत गरौं हामीले चाहेको भविष्य Æ-Achieving 17 goals for the future we want ) भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा मनाउन लागिएको २५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइ एवं यस क्षेत्रको मानवीय भवनासाथ संलग्न व्यक्तिहरु, निकाय तथा अपाङ्गता भएका व्यक्तिका अभिभावक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले होइन अधिकारमूखी दृष्टिकोणबाट विकासको मुलप्रवाहमा समाहित गर्दै आत्मनिर्भर तुल्याउने नीति नेपाल सरकारले आत्मसात गरेको छ । यसैगरी अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानित, स्वाभिमानपूर्वक जीवनयापन गर्न सक्‍ने वातावरण निर्माण गर्न अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन गर्दै अपाङ्गतासम्बन्धी कान”नहरुलाई घरेलुकरण गर्ने कार्य भईरहेको छ । त्यस्तै साधन, श्रोत र सेवामा उनीहरुको सरल र सहज पहुँच बढाउन क्षमता अभिवृद्धि गरी रोजगारीका अवसर प्रदान गर्न तथा शिक्षा, स्वास्थ्यलगायतका सेवा स्थानीय तहबाट प्रदान गरी समाजमा नै पुनस्थापित गर्ने उदेश्यले समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम नेपाल सरकारले विगत वर्षहरुदेखि मुलुकभर कार्यान्वयन गर्दै आएको छ।

शिक्षा, स्वास्थ्य, जीविकोपार्जन खेलकूद, मनोरञ्जन तथा सामाजिक समावेशीकरणका माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणमा अभिबृद्धि गर्दै उनीहरुलाई परिवार एवं समुदायमा नै पुनर्स्थापित गरी आधारभूत मानव अधिकारको उपभोग गर्न सक्षम तुल्याउनु हामी सबैको साझा कर्तव्य हो ।

आजको यस दिवसले अपाङ्गता भएका व्यक्तिहरु, यस क्षेत्रमा क्रियाशील सङ्घ, संस्थाहरु एवं अपाङ्गता भएका व्यक्तिका अभिभावक समूह, नागरिक समाज र विकासका साझेदार लगायत यसमा आबद्ध सम्पूर्ण पक्षलाई थप उर्जा र प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वाससहित सम्बन्धित सबैमा हार्दिक श’भकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७३ साल मंसिर १८ गते शनिबार ।