विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव H.E. Mr. Md. Golam Sarwar ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा बताउँदै अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेछन् भन्ने कुरामा आशा व्यक्त गर्नुभयो ।
२०८० साल पुस २५ गते बुधबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता