विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत H.E. Mr. Saad Abuhaimed ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा दुई देश बीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासका लागि पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र साउदी अरब बीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरा बताउनु भयो।
२०८० साल साउन २५ गते बिहीबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता