साउदी अरबका परराष्ट्रमन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष मित्रराष्ट्र साउदी अरबका परराष्ट्रमन्त्री His Highness Prince Faisal Bin Farhan Al Saud ले राष्ट्रपति भवन, महाराजगञ्‍ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

२०७८ साल चैत १ गते मङ्गलबार

(सागर आचार्य)

प्रवक्ता