सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री दीपककुमार कार्कीज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०७८ साल चैत २५ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता