मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला) ज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०७८ साल चैत २४ गते बिहीबार ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता