सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू तथा नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल असोज २८ गते शनिबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिलमा उल्लिखित नवनियुक्त माननीय उपप्रधानमन्त्री तथा नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, संवैधानिक नियकायका माननीय प्रमुखज्यूहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु  समेतको उपस्थिति थियो ।

तपसिल

क्र.सं. नामथर कार्यविभाजन
1. श्री कमल थापा उपप्रधानमन्त्री, विनाविभागीय
2. श्री जयन्त चन्द मन्त्री, विनाविभागीय
3. श्री दिलनाथ गिरी मन्त्री, विनाविभागीय
4. श्री विक्रमबहादुर थापा मन्त्री, विनाविभागीय

 

(प्रल्हादप्रसाद पुडासैनी)

उपसचिव