सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल असोज २७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४
२. राष्ट्रिय समावेशी आयोग विधेयक, २०७४
३. आदिवासी जनजाति आयोग विधेयक, २०७४
४. मधेशी आयोग विधेयक, २०७४
५. अन्तर-सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४
६. राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४
७. राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता