सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको सन्देश

[vc_row][vc_column][vc_column_text]

पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्देश

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरूको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ । छरिएर रहेका अनेकौँ राज्यहरूलाई एकीकृत गरी सुदृढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता बोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भयो ।

नेपाली समाज साँस्कृतिक विविधता बीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको थियो । नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ ।

अन्तमा, जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरू मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएकाले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर  समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने कुरा महसुस गरेको छु ।

धन्यवाद ।

२०७६ पुस २७ गते आइतबार ।

[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3887″][/vc_column][/vc_row]