क्रिसमस डेको शुभकामना सन्देश
ईसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो । हाम्रो बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व तथा संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । क्रिसमस डे जस्ता पर्वहरूले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भन्ने मलाई लागेको छ ।
अन्तमा, ईसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।
धन्यवाद ।
मिति २०७६ साल पुस ९ गते, बुधबार ।
![](https://president.gov.np/wp-content/uploads/2019/12/002-3-744x1024.jpg)