सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट कुमारी ईद्रजात्रा पर्व, २०७६ का अवसरमा ब्यक्त शुभकामना सन्देश

कुमारी ईद्रजात्रा पर्व, २०७६ को शुभकामना सन्देश

काठमाडौँ उपत्यका लगायतका स्थानहरुमा मनाइने  धार्मिक-साँस्कृतिक महत्वको कुमारी ईन्द्रजात्रा पर्वको शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ईन्द्रजात्रा अनमोल ऐतिहासिक र साँस्कृतिक धरोहरको पहिचान बोकेको काठमाडौंमा विशेष उत्साहका साथ आठ दिनसम्म वर्षा र सहकालका देवता ईन्द्र पूजन एवम् बिभिन्‍न देवी देवतासँग सम्बन्धित नाच, गान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै मनाउने चलन छ।

यस्ता परम्परा एवम् साँस्कृतिक पर्वहरुले सबै नेपालीहरूबीच विविधतामा एकता, सामाजिक र साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्नेमा विश्वस्त छु ।

अन्तमा,  यस्ता साँस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्‍न सबै एकजुट हुन सकौँ । प्रकृतिप्रेमी ईन्द्रसँग जोडिएको यस पर्वले  प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी ईन्द्रजात्राको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७६ भाद्र २७ गते, शुक्रबार