सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट गौरा पर्व, २०७६ का अवसरमा ब्यक्त शुभकामना सन्देश

गौरा पर्व, २०७६ को शुभकामना सन्देश

विशिष्ट साँस्कृतिक महत्व बोकेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रो समाजमा गौरा पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ । यस्ता लोक परम्परा एवम् साँस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक र साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएका छन् ।

अन्तमा, गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमंग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु । 

धन्यवाद !

मिति २०७६ भाद्र ६ गते, शुक्रबार ।