सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू थप उपचारको लागि भारत प्रस्थान

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल आज बिहान १०:०० बजे श्री एयरलाईन्सको विमानबाट दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचारको लागि प्रस्थान गर्नुभएको छ ।

नेपालको त्रि. वि. शिक्षण अस्पताल र एम्स अस्पतालका चिकित्सकहरूको बीचमा परामर्श हुँदा  उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि त्यहीँ जान उपयुक्त हुने राय आएपछि भारतको एम्स अस्पताल जानुभएको हो । सम्माननीय राष्ट्रपतिज्यूको उक्त अस्पतालमा उपचार शुरू भैसकेको छ  ।