सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सूर्य देवता र छठी माताको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने यस छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्‍ने मैले विश्वास लिएको छु ।

धन्यबाद !

२०७५ साल कार्तिक २७ गते मंगलबार ।