सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका भियतनामका Chief Justice of the Supreme People’s Court, H.E. Mr. Nguyen Hoa Binh बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर ८ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका  भियतनामका Chief Justice of the Supreme People’s Court, H.E. Mr. Nguyen Hoa Binh ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालका लागि भियतनामका गैरआवासीय महामहिम राजदूत लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(कुल प्रसाद चुडाल)

प्रवक्ता