सम्माननीय राष्ट्रपतिबाट निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त

आज मिति २०७६ साल बैशाख ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा श्री दिनेशकुमार थपलियालाई नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता