आज मिति २०७४ साल बैशाख २८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई हंगेरीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र कुर्घा-३, पर्वत निवासी श्री युवनाथ लम्साललाई डेनमार्कका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
(केशवप्रसाद घिमिरे)
उपसचिव