आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा म्यान्मारका लागि नेपाली राजदूत पदमा दमक-१३, झापा निवासी श्री भीमकृष्ण उदासलाई नियुक्त गर्नुभएको छ ।
(प्रल्हादप्रसाद पुडासैनी)
सहायक प्रवक्ता