सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलङ्काका लागि  नेपाली राजदूत पदमा गुलरिया नगरपालिका-४, बर्दिया निवासी डा. विश्वम्भर प्याकुर्‍याललाई र ओमानको लागि नेपाली राजदूत पदमा मूलपानी-५, काठमाडौं निवासी श्री शर्मिला पराजुली (ढकाल) लाई नियुक्त गर्नुभएको छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता