सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विधेयक नं. विवरण
१. बैंक तथा वित्तीय संस्था सम्वन्धि विधेयक, २०७३
२. सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७३

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता