सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्तज्यू लगायत माननीय निर्वाचन आयुक्तज्यूहरुबाट भेट

आज मिति २०७३ साल चैत्र १८ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यू लगायत माननीय निर्वाचन आयुक्तज्यूहरुले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले सम्वत् २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारी सम्बन्धी विषयमा जानकारी गराउनु भएको थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता