सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल फागुन १९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयका माननीय महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता