सम्माननीय राष्ट्रपतिज्यूबाट निर्वाचन आयुक्त पदमा नियुक्त

आज मिति २०७३ साल फागुन ५ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा देहायका महानुभावहरुलाई निर्वाचन आयोगको आयुक्त पदमा नियुक्त गर्नुभएको छ ।

 

क्र.सं. नाम थर
1. श्री नरेन्द्र दाहाल
2. श्री ईश्वरी प्रसाद पौड्याल
3. श्री सुधीरकुमार शाह

सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा माननीय प्रमुख निर्वाचन आयुक्तज्यूसमक्ष आजै नवनियुक्त आयुक्तज्यूहरुले निर्वाचन आयोगको आयुक्त पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता