सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २७ गते विहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA ले विदाई भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित जापानी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।

२०७५ साल बैशाख २७ गते विहीबार

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता