सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री विष्णुमाया ओझाज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

(हरि प्रसाद दाहाल)

  प्रवक्ता