सम्माननीय राष्ट्रपतिज्यू र बंगलादेशका महामहिम राष्ट्रपतिबीच भेटवार्ता

आज मिति २०७६ साल कात्तिक २७ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र नेपालको औपचारिक सद्‍भावना भ्रमणमा रहनुभएका मित्रराष्ट्र जन गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हामिदबीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,  आपसी हित र साझा चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा विस्तृत कुराकानी भयो । उक्त अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, माननीय परराष्ट्र मन्त्रीज्यू, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूलगायत नेपाल सरकार तथा बंगलादेश सरकारका उच्चपदस्थ अधिकारीहरू  समेतको उपस्थिति रहेको  थियो ।

 (हरि प्रसाद दहाल)

  प्रवक्ता