सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि श्रीलंकाका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल असोज ९ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि श्रीलंकाका राजदूत H.E. Ms. W.S. Perera ले विदाई भेट गर्नुभयो । सो अवसरमा श्रीलंका र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा नेपालस्थित श्रीलंकाको राजदूतावासका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

   (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता