सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल भदौ २२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा फ्रान्सका लागि नेपालको आवासीय राजदूत श्री दीपक अधिकारीलाई पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता