सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७६ साल भदौ १५ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. नारदनाथ भारद्वाजले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

     (केशव प्रसाद घिमिरे)

२०७6 साल भदौ १५ गते आइतबार                           सहायक प्रवक्ता