सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७6 साल बैशाख 25 गते बुधबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री भृगु ढुङ्गानाले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

       (छविन्द्र पराजुली)

प्रवक्ता