सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विभूषण प्रदान

आज मिति २०७६ साल बैशाख १ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७५ को अवसरमा घोषणा भएको समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका महानुभावहरुलाई राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच नेपाल रत्न,  महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री मानपदवीबाट विभूषित गर्नु भएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता