सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा प्रस्तुतिकरण

आज मिति २०७५ साल चैत्र २६ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा वन तथा वातावरण मन्त्रालयले पोल्याण्डको क्याटोविचमा सम्पन्न भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धी (UNFCCC) को २४ औं सम्मेलन (COP 24) ले गरेका निर्णयहरु र सो सन्दर्भमा नेपालको सहभागिता र उपलब्धीका विषयमा प्रस्तुतिकरण भयो । साथै, आगामी दिनमा जलवायु परिवर्तन, वातावरण संरक्षण एवम् सो संग सम्बन्धित विषयमा लिनु पर्ने रणनीति र भावि कार्यक्रमका बारेमा समेत छलफल भयो । सो अवसरमा माननीय वन तथा वातावरण मन्त्री श्री शक्ति बहादुर बस्नेत लगायत उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।

  (छविन्द्र पराजुली)

प्रवक्ता