सम्माननीय राष्ट्रपतिज्यूबाट संवैधानिक परिषद्को सिफारिसमा आयोगका लागि अध्यक्ष पदमा नियुक्त

आज मिति २०७५ साल चैत्र ७ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई तपसिल बमोजिमको निकायका लागि अध्यक्ष पदमा नियुक्त गर्नुभएको छ ।

तपसिल

क्र.सं. नामथर निकाय
1 श्री बालानन्द पौडेल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
2 डा. शान्तराज सुवेदी राष्ट्रिय समावेशी आयोग
3 डा. विजयकुमार दत्त मधेशी आयोग
4 श्री बिष्णुप्रसाद चौधरी थारु आयोग
5 श्री समिम मिँया अन्सारी मुस्लिम आयोग

साथै, आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यू समक्ष नवनियुक्त अध्यक्षहरुले आ-आफ्नो अध्यक्ष पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता