सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघको ७३औं महासभाका महामहिम अध्यक्षको निमन्त्रणामा महिलाहरुको अवस्थासम्बन्धी आयोग (Commission on Status of Women) को ६३औं अधिवेशनको सिलसिलामा हुने ‘Women in Power’ विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन सम्वत् २०७५ साल फागुन २६ गते आइतबारका दिन औपचारिक भ्रमणको सिलसिलामा संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता