सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त राजदूतहरुबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल माघ २५ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष इजरायलका लागि नेपालको राजदूत पदमा नियुक्त हुनुभएका डा. अन्जान शाक्यले र संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदका लागि नियुक्त हुनुभएका श्री अमृतबहादुर राईले तथा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदका लागि नियुक्त हुनुभएका श्री मणिप्रसाद भट्टराईले राजदूत/स्थायी प्रतिनिधि पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता