आज मिति २०७५ साल पुस २६ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जापानका परराष्ट्र मन्त्री H.E. Mr. Taro Kono ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा जापान सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता