सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल पुस २3 गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
1. प्रजातान्त्रिक जनगणतन्त्र कोरिया

 

H.E. Mr. Jo Yong Man आवासीय
2. जनवादी गणतन्त्र चीन H.E. Ms. Hou Yanqi आवासीय
3. साउदी अरेबिया H.E. Mr. Musaid bin Sulaiman M. Al-Mawany आवासीय
4. स्वेडेन H.E. Mr. Kalas Molin गैरआवासीय

(छविन्द्र पराजुली)

प्रवक्ता