सम्माननीय राष्ट्रपतिज्यूबाट भाइटीका

आज मिति २०७५ साल कार्तिक २३ गते शुक्रबार, भाइटीकाको दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विहान ११:५५ बजेको शुभसाइतमा भाइ श्री डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका एवम् माला लगाई दिनु भयो ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता