सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल कार्तिक १२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र कतारका महामहिम अमिर (राष्ट्राध्यक्ष) शेख हमाद बीन खालिफा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७५ साल कार्तिक १२ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र कतारतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता