आज मिति २०७५ साल कार्तिक ८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
तपसिल
क्र.सं. | मुलुक | राजदूत | आवासीय/गैरआवासीय |
१. | अमेरिका | H.E. Mr. Randy W. Berry | आवासीय |
२. | तान्जानिया | H.E. Mr. Baraka Haran Luvanda | गैरआवासीय |
३. | माल्टा | H.E. Mr. Stephen Borg | गैरआवासीय |
४. | क्रोयशिया | H.E. Mr. Petar Ljubicic | गैरआवासीय |
(छविन्द्र पराजुली)
प्रवक्ता