सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७५ साल असोज २ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम
1 सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५
2 सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५
3 उपभोक्ता संरक्षण विधेयक, २०७५
4 जनस्वास्थ्य सेवा विधेयक, २०७५
5 आवासको अधिकार सम्बन्धी विधेयक, २०७५
6 खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी विधेयक, २०७५
7 वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५
8 भूमि सम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५
9 अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५
10 रोजगारीको हक सम्बन्धी विधेयक, २०७५
11 जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५
12 सामाजिक सुरक्षा विधेयक, २०७५
13 अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५
14 वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५
15 अपराध पीडित संरक्षण विधेयक, २०७५
16 बालबालिका सम्बन्धी विधेयक, २०७५

 

(छविन्द्र पराजुली)

प्रवक्ता