सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूबाट शपथ ग्रहण

आज मिति २०७५ साल भाद्र २५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, न्यायपरिषदका माननीय सदस्यहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता