सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७३ साल मंसिर ७ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदको सम्वत् २०७३ साल असोज १३ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. औद्योगिक व्यवसाय विधेयक, २०७३

 

(कुल प्रसाद चुडाल)

प्रवक्ता