सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल असार ३२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम
१. आर्थिक विधेयक, २०७५
२. विनियोजन विधेयक, २०७५
३. राष्ट्र ऋण उठाउने विधेयक, २०७५
४. ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५

 

(छविन्द्र पराजुली)

प्रवक्ता