सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल कात्तिक २९ गते सोमबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३
२. ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक, २०७३
३. राष्ट्र ऋण उठाउने विधेयक, २०७३
४. आर्थिक विधेयक, २०७३
५. वन (दोस्रो संशोधन) विधेयक, २०७३

(कुल प्रसाद चुडाल)

प्रवक्ता