सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्रसंघका उपमहासचिवबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त राष्ट्रसंघ Department of Peacekeeping Operations का उपमहासचिव Mr. Jean-Pierre Lacroix को प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले निर्वाह गरिरहेको भूमिका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता